पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पेट्रोल्युब सप्लायर्सलाई साढे ८ लाख जरिवाना
स्याङ्जा | चैत ८, २०७९
स्याङ्जा: पेट्रोलमा मिसावट गरी बिक्री वितरण गर्ने पुतलीबजार ३ मजुवाको नेपाल आयल नेपाल पेट्रोल्युब सप्लायर्स प्रालिलाई जरिवाना गरिएको छ । पेट्रोलमा मिसावट गरी बिक्री गर्ने सञ्चालक तथा कर्मचारीलाई जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।
मिसावट गरी पेट्रोल विक्री वितरण गर्ने पम्पका सञ्चालक कृष्णप्रसाद शर्मा, जनकराज शर्मा, भगवती (रेग्मी) शर्मा र सम्झना शर्मा नेपाललाई जनही एक लाख ८० हजार र कर्मचारी सुवास क्षेत्रीलाई एक लाख गरी आठ लाख २० हजार जरिवाना गरिएको हो ।
यस्तै, मिसावट गरी बेच्नका लागि उक्त समयमा तयार एक हजार ९१८ लिटर पेट्रोललाई डोजरको माध्यमबाट खाल्टो खनी नष्ट गरिएको हो ।
यस्तै, अपराध पीडित राहत कोषमा सञ्चालक चार जनाबाट जनही सात हजार दुई सय र कर्मचारी क्षेत्रीबाट चार हजार गरी ३२ हजार आठ सय जरिवाना गरिएको हो ।
ल्याब परीक्षणबाट पेट्रोल पम्पमा मिसावट गरी कमसल पेट्रोललाई असल र राम्रो पेट्रोल हो भनी झुक्याई बिक्री वितरण गरेकाले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ६ अनुसार नगद जरिवाना र पेट्रोल नष्ट गरिएको हो ।
पेट्रोल्युब सप्लायर्सबाट पेट्रोल भरी चलाइएका सवारी साधनहरुमा अचानक स्टार्ट नहुने समस्या देखापरेपछि जिल्ला प्रशासन कार्यालयले गत पुस २७ गते पेट्रोल्युब सप्लायर्स सिल गरेको थियो ।
पेट्रोल पम्प सिल गरेपछि पुस २८ गते नेपाल आयल निगम प्रादेशिक कार्यालय पोखराको टोलीले पेट्रोलको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।
ल्याब परीक्षणमा पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको भन्ने व्यहोराको परीक्षण प्रतिवेदन प्राप्त भएपछि जिल्ला प्रशासनले बेचबिखन गर्ने कार्यमा संलग्नलाई कानुन बमोजिमको कारवाही गरिएको प्रमुख जिल्ला अधिकारकी शशिधर घिमिरेले बताउनुभयो ।
नेपाल आयल निगमबाट पेट्रोल भण्डारण र बिक्री वितरण गर्न पम्प उपयुक्त भएको प्रमाणित भएपछि एक दुई दिनमा पम्प खुल्ने घिमिरेले बताउनुभयो ।
पेट्रोल पम्पको प्रारम्भिक परीक्षणबाट डिजलको अवस्था समान्य देखिएपछि डिजेल भने सोही समय बिक्री गर्न दिएको थियो ।
पेट्रोल्युब सप्लायर्सले पेट्रोलमा नियतवश नभई झुक्किएर डिजेल मिसिएको स्वीकार गरेको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

